back
NMB ad

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध   

Kumari bank ad

जाजरकोट, ७ भदौ : कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो ।

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुई दिन भइसक्यो जहाज कुरोको, मौसममा सुधार नआउँदा डोल्पा जान सकिएको छैन । स्थलमा मार्गबाट जान पनि समस्या छ ।” सडक यातायात भरपर्दो नहुँदा हवाई उडान सेवा लिनुपर्ने बाध्यता छ । तर मौसम प्रतिकुल बन्दा यात्रुहरुलाई समस्या हुँदै आएको छ ।

डोल्पामा सडक पुगेपनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ । खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो । हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा सुधार भएको छैन ।

वि.सं.२०८० भदौ ७ बिहीवार १३:३८ मा प्रकाशित

You can share this post!

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:३४

दमौली (तनहुँ), ३० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:२४

काठमाडौँ, ३० वैशाखः   प्रधानमन्त्री    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता...

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:१६

चितवन, ३० वैशाखः भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको...

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०६

लस एन्जलस, ३० वैशाख : अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस...

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०१

दिलकुमार लिम्बु फुङ्लिङ (ताप्लेजुङ), ३० वैशाखः ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण...

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह   

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह   

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:५१

काठमाडौँ, ३० वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले...