काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज भदौ ८ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
वि.सं.२०८० भदौ ८ शुक्रवार ११:३८ मा प्रकाशित