back
NMB ad

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

Kumari bank ad

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले विजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्वन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । त्यसैगरी उहाँले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद सुवालले भन्नुभयो, ‘डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महशुल नबुझाउनेहरुसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ?  छानबिन गरी कारबाही हुन जरुरी छ । बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कूलमान घिसिङलाई तत्काल निलम्वन गरी कारबाही गर्न जरुरी छ । निर्वाचन आयोगले निर्वाचन सम्बन्धि एकीकृत विधेयक मस्यौदा गरेको छ । तर राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा ३ प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरितको प्रावधान यथावत राखिएको छ । यो मत सीमा हटाउन सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा ६ वर्ष भयो । तर फैसला भएको छैन । ’

सांसद सुवालले राजनीतिक दलहरुले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचन सम्बन्धि एकीकृत मस्यौदा लोकतन्त्रको मर्म विपरित रहेकाले मान्य नहुने पनि बताउनु भयो ।

वि.सं.२०८० भदौ १२ मंगलवार १३:४३ मा प्रकाशित

You can share this post!

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०३

गोदावरी (ललितपुर), ३० वैशाख :आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम...

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:५७

काठमाडौ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:३४

दमौली (तनहुँ), ३० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:२४

काठमाडौँ, ३० वैशाखः   प्रधानमन्त्री    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता...

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:१६

चितवन, ३० वैशाखः भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको...

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०६

लस एन्जलस, ३० वैशाख : अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस...