back
NMB ad

कारोबारमा आएदेखि कुथेली बुखरीको सेयरमा सकरात्मक सर्किट, १० कित्ता लगानी गर्नेले कति कमाए ?

Kumari bank ad

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको कारोबारमा आएको दिनदेखि कम्पनीको सेयर मूल्यमा निरन्तर सर्किट लाग्दै आएको छ ।

मंगलबार पनि कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट १० प्रतिशत अर्थात् ८४.८० रुपैयाँ बढेर प्रतिकित्ता ९३३.१० रुपैयाँ पुगेको हो । यसअघि सोमबार कम्पनीको सेयर प्रतकित्ता ८४८.३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको १५ हजार ३५८ कित्ता सेयर ९४५ पटक खरिद बिक्री हुँदा १ करोड ४० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुथेली बुखरी भदौ ३ गते नेप्सेमा सूचीकृत भएको थियो भने भदौ ४ गतेदेखि कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४७९ रुपैयाँमा भएको थियो ।

भदौ १२ गते मंगलबारसम्ममा उक्त कम्पनीको सेयर ७ दिन कारोबार भएको छ । ७ दिनको अवधिमा पहिलो कारोबारको आधारमा कम्पनीको सेयर मूल्य ९४.८० प्रतिशत बढेको छ । यस आधारमा कम्पनीको १० कित्ता सेयरमा १ हजार लगानी गर्ने लगानीकर्ताले ७ दिनमै बढेर ९ हजार ३३१ रुपैयाँ कमाएका छन् ।

वि.सं.२०८० भदौ १२ मंगलवार १४:१५ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...