back
NMB ad

बैंकको ब्याजदर घट्न सक्छ : अध्यक्ष केसी

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्ने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै केसीले अहिले ब्याजदर बजारलाई नै छोड्नुपर्छ भन्ने मान्यतामा संघ रहेको जानकारी गराए । यता, स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्ने व्यवस्था कार्यान्वयनमा आएपछि तरलता अवस्था सहज र ब्याजदर घट्नसक्ने पनि संघ अध्यक्ष केसीले बताएका छन् ।

उनले भने, ‘स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न दिने बारे छलफल भइरहेको छ । उक्त व्यवस्था कार्यान्वयनमा आयो भने पुनः निक्षेप बढ्छ ।’ अहिले तरलताको अवस्था बाहिर भनिए जस्तो नरहेको पनि केसीले बताए ।

यसअघिको स्थानीय तहकोे ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हट्दा निक्षेपमा समस्या आएको उनको भनाई छ ।

उक्त व्यवस्था हट्दा ९० अर्ब रुपैयाँ बराबरको रकम बैंकिङ प्रणालीबाट बाहिरिएको केसीले जानकारी गराएका छन् । अध्यक्ष केसीले अन्तर्राष्ट्रियस्तरमा नै ब्याजदर बढ्दै गएको अवस्थामा नेपालको ब्याजदर घट्नुलाई सकारात्मक रुपमा लिएका छन् । तरलता सहज हुँदै गएमा ब्याजदर अझै घट्ने अध्यक्ष केसीले बताए ।

वि.सं.२०८० भदौ १२ मंगलवार १७:३३ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...