काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको ऋणपत्र सूचिकृत भएको छ ।
बैंकको १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल ‘LBBLD89’ रहेको छ ।
बैंकले १० वर्ष अवधिको ११ प्रतिशत व्याजदर भएको ‘ ११ प्रतिशत एल.बि.बि.एल. डिबेञ्चर–२०८९ ’ नाममा प्रतिकित्ता चुक्ता मूल्य १००० रूपैयाँ अंकित ऋणपत्र निष्काशन गरेको थियो ।
भदौ १३ गते (आज) बैंक र नेप्सेबीच ऋणपत्र सूचीकरण सम्झौता भएको छ । कम्पनीको सेयर सम्झौता भएको दोस्रो दिनबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
वि.सं.२०८० भदौ १३ बुधवार १२:१५ मा प्रकाशित