काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा गरिएको छ।
योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको भदौ १३ गते बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि एनआईबीएल प्रगति फन्डका इकाइधनीहरुलाई करसहित ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार यो योजनाका इकाइधनीहरुलाई ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले जनाएको छ।
यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।
वि.सं.२०८० भदौ १४ बिहीवार १३:१८ मा प्रकाशित