back
NMB ad

डेढ अर्ब रुपैंया बराबरको आईपीओ निष्काशन गर्दै राष्ट्रिय बीमा संस्थान

Kumari bank ad

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले डेढ अर्ब रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ।

नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउने योजनाअन्तर्गत संस्थानले १ अर्ब ५० करोड रुपैयाँको आईपीओ ल्याउने तयारी गरेको हो। संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गर्न लागेको छ। यसका लागि संस्थानले आज भदौ १५ गते विशेष साधारणसभा पनि बोलाएको छ। कम्पनीमा परिणत भएपछि आईपीओ निष्कासन गर्ने तयारीमा संस्थान रहेको छ।

आईपीओ बिक्रीपछि संस्थानमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ।

बीमा प्राधिकरणले तोकेबमोजिम संस्थानले ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ। हाल संस्थानको पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ।

आईपीओ बिक्रीपछि पनि प्राधिकरणले तोकेको चुक्तापुँजी कायम गर्न संस्थानले ३ अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ जुटाउनुपर्ने देखिन्छ। यसका लागि संस्थापक सेयरधनीले बाँकी रकम जुटाउनुपर्नेछ।

वि.सं.२०८० भदौ १५ शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...