back
NMB ad

पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने   

Kumari bank ad

एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् ।

ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई हराउन ट्रम्पसहित १९ जनाले षड्यन्त्र गरेको अभियोगको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने घोषणा भएको हो ।

बिहीबार दायर गरिएको अदालतको कागजातमा पूर्वराष्ट्रपति ट्रम्पले आरोपहरूको प्रकृति र अदालतमा उपस्थित हुने आफ्नो अधिकारलाई पूर्ण रूपमा बुझेको बताउनुभएको छ । यद्यपि उहाँले आफूख दोषी नभएको दाबी गर्दै आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताउनुभएको छ । गत साता उहाँले फुल्टन काउन्टीको जेलमा आत्मसमर्पण गर्नुभएको थियो ।

अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उहाँ आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढ्नुभएको छ । जर्जियामा उहाँमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।

यसअघि पूर्वराष्ट्रपति ट्रम्पमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलाई भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र ती कागतपत्र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ ।

सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको हुलदङ्गा एवम् आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ ।

वि.सं.२०८० भदौ १५ शुक्रवार १४:४३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...