back
NMB ad

यस्तो रह्यो साताको सेयर बजार

Kumari bank ad

काठमाडौँ, १६ भदौ : यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल रु चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ पुगेको बजारमा रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्य बराबरको कारोबार भएको थियो । यस दिन कुल दुई सय ८० कम्पनीका ३८ लाख ९५ हजार दुई सय ३६ इकाई सेयर कारोबार भएका थिए ।

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक पाँच दशमलव ०९ ले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ पुगेको बजारमा रु ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल दुई सय ७९ कम्पनीका ३७ लाख ७९ हजार सात सय ३१ कित्ता सेयर कारोबार भएका थिए ।

कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको थियो । यस दिन दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता सेयर २९ हजार छ सय ४० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिन पुगेको थियो ।

त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ । कुल दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता सेयर ३२ हजार दुई सय ९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु एक अर्ब १३ करोड आठ हजार ४१ पुगेको थियो । यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो ।

वि.सं.२०८० भदौ १६ शनिवार १९:४० मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...