back
NMB ad

सफ्ट टेक चितवन २०८० सञ्चालन हुने   

Kumari bank ad

नारायणगढ (चितवन), १८ भदौ : उद्योग वाणिज्य सङ्घ चितवन र कम्युटर एशोसिएशन महासङ्घ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा यही भदौ २१ गतेदेखि २३ गतेसम्म सफ्ट टेक चितवन २०८० आयोजना हुनेभएको छ ।

नव उद्योमी र उद्योग प्रबद्र्धन गर्न चाहनेलाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूलनाराका साथ आयोजना गर्न लागिएको मेलामा आईटिसम्बन्धी काम गर्दै आएका विभिन्न कम्पनीका २० कक्ष रहनेछन् ।

उद्योग वाणिज्य सङ्घ चितवनको परिसरमा आयोजना गर्न लागिएको मेलामा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्था, आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था औद्योगीक तथा व्यापारिक प्रतिष्ठानबीच अन्तरसम्बन्ध स्थापित गरी दिगो पारिस्थितिक प्रणाली निर्माण गर्नका लागि मेला आयोजना गरीएको महासङ्घ चितवन शाखाका अध्यक्ष टेकलाल भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । चितवन र छिमेकी जिल्लामा गरी सफ्टवयर निर्माणका लागि १२ वटा कम्पनीले काम गर्दै आएका छन् । साथै यी क्षेत्रमा १२ वटा कलेजमा आइटीसम्बन्धी पठनपाठन हुँदै आएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिनुभयो । चितवन र यस आसपासका कलेजबाट आइटीसम्बन्धी वार्षिक दुई हजार जनशक्ति उत्पादन हुँदै आएको उहाँको भनाय छ ।

श्रेष्ठले चितवनलाई आइटी हवका रुपमा बिकासका लागि मेला आयोजना गर्न लागिएको बताउनुभयो । मेलामा आइटिसम्बन्धी विभिन्न गोष्ठीसमेत सञ्चालन गरिनेछ ।

वि.सं.२०८० भदौ १८ सोमवार १४:४६ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...