back
NMB ad

सरकारसँग  तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात   

Kumari bank ad

काठमाडौँ, १९ भदौ : सरकारले तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कूल एक लाख ७० हजार आठ सय दुई क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिनुभयो ।

“खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग भएको मौज्दात खाद्यान्नले तीन महिनाको माग धान्न सक्छ, नयाँ धान खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो, “भारतबाट १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५० क्विन्टल चिनीको आयात खुला गरिदिन आग्रह गरेका छौँ, छिट्टै नै ती खाद्यवस्तुको आपूर्तिको व्यवस्था मिल्नेछ ।”

आगामी दिनमा खाद्यान्नको अभाव नहोस् भनेर मन्त्रालयले नयाँ धान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै सचिव मरासिनीले खाद्य सङ्कट टार्न हिमाली क्षेत्रमा उत्पादन भएका खाद्यान्नको बजारीकरणको व्यवस्था गरिएको बताउनुभयो । “रैथानेमा गर्व गरौँ’ कार्यक्रमअन्तर्गत खाद्य व्यापार कम्पनीले कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका सात स्थानीय तहसँग रैथाने बाली खरिदको सम्झौता गरिएको छ”, उहाँले भन्नुभयो ।

अहिले कम्पनीले हुम्लाको सर्केगाड, अदानचुली र सिमकोट गाउँपालिकाबाट एक हजार दुई सय ६३ किलो कागुनो, दुई हजार दुई सय २३ किलो चिनो, एक हजार नौ सय पाँच किलो फापर र एक हजार ८८ किलो सिमी खरिद गरी बिक्री गरिरहेको छ । सचिव मरासिनीले यही भदौ ४ गते काठमाडौँबाट केरुङ हुँदै हुम्लाको यलवाङ बिक्री केन्द्र र सिमकोटका लागि चार हजार क्विन्टल चामल ढुवानी भएको जानकारी दिनुभयो ।

कम्पनीका अनुसार सुगम जिल्लामा ४४ हजार ६८२ क्विन्टल र दुर्गम जिल्लामा १४ हजार चार सय ८२ क्विन्टल चालम मौज्दात छ । बोलपत्रका माध्यमबाट ७२ हजार छ सय ८४ क्विन्टल चामल प्राप्त भइरहेको छ । कम्पनीसँग एक लाख ३१ हजार आठ सय ४९ किलो चामल मौज्दात छ । चार हजार छ सय ३२ क्विन्टल धान मौज्दात रहेको तथा भारतबाट आयात कोटाअन्तर्गत ३४ हजार तीन सय २० क्विन्टल गहुँ आयात भएको कम्पनीले जनाएको छ ।

यस्तै डिजेल आठ दिन, पेट्रोल पाँच दिन, हवाई इन्धन १५ दिन र खाना पकाउने एलपी ग्यास १५ दिनको माग धान्ने गरी मौज्दात रहेको सचिव मरासिनीले जानकारी दिनुभयो । साल्ट ट्रेडिङ कर्पोरेसनसँग एक लाख ३९ हजार सात सय ९१ मेट्रिक टन आयोडिनयुक्त नुन र पाँच सय मेट्रिक टन चिनी मौज्दात रहेको उहाँको भनाइ छ । आयोडिनयुक्त नुनको मौज्दात परिमाणले नौ महिनाको माग धान्ने अनुमान गरिएको छ ।

वि.सं.२०८० भदौ १९ मंगलवार १७:२१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...