back
NMB ad

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि   

Kumari bank ad

काठमाडौँ, २० भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडियो सन्देशमार्फत उहाँले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताउनुभयो । उहाँका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको थियो ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्नुहुने जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरुवात गर्ने तयारी गरेको छ । दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ ।

कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपिभी खोप प्रदान गरिने डा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । “अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ”, डा अधिकारीले भन्नुभयो, नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ ।” विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तानक्यान्सर हुने गरेको उहाँले बताउनुभयो ।

सन् २०२२ को सरकारी तथ्याङ्क अनुसार नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको डा शाहीले जानकारी दिनुभयो ।

वि.सं.२०८० भदौ २० बुधवार १६:५३ मा प्रकाशित

You can share this post!

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...