back
NMB ad

एनआईसी एशिया बैंकले ल्यायो “फण्ड ट्रान्सफरमा हरेक हप्ता,  मोबाइल फोन हातमा” अफर, पैसा पठाउँदा स्मार्टफोन जित्न सकिने

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले कनेक्ट आइपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि “फण्ड ट्रान्सफर मा हरेक हप्ता :मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपीएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नुहुनेछ ।

भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आइपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।

हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहकहरले मोबाइल ब्याङ्क एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको कनेम्ट आइपीएस मार्फत प्रति दिन प्रति कारोबार ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

वि.सं.२०८० भदौ २२ शुक्रवार १२:५७ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...