back
NMB ad

भक्तपुरमा एमालेका १७६१ नयाँ संगठित सदस्यद्वारा सपथ ग्रहण, मिसन २०८४ अभियानको घोषणा

Kumari bank ad

भक्तपुर, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका छन् ।

कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका लागि यो इतिहासकै गौरवपूर्ण क्षण भएको बताउनुभयो ।

आजदेखि नेकपा एमालेमा संगठिन भएका सदस्यहरुले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउँदै उहाँले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताउनुभयो ।

एमाले सत्ताबाट बाहिर रहेकाले निर्णायाक ठाउँमा नभएको भन्दै उहाँले एमालेले बृद्ध भत्तालाई पाँच हजार पुर्याउने लक्ष्य लिएको, देश विकासका खम्बा रहेको राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढाउने, शुसासनलाई फराकिलो पार्ने लक्ष्य एमालेको रहेको बताउनुभयो ।

इन्चार्ज ढुङ्गेलले भन्नुभयो, “अब मिसन २०८४ सुरु गरेका छौँ, एमालेलाई फेरी पनि समृद्ध बनाउन कम्मर कस्नु पर्छ, एमालेले सिंगो भक्तपुरलाई आफ्नो झण्डा र परिचयभित्र समेट्नु पर्छ, नयाँ सदस्यहरु सहितको बलले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउनुपर्छ, भक्तपुरमा एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनुपर्छ ।” एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले धेरै पहिला औला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउँदै अहिले एमालेको नीति, सिद्धान्त र विचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्य पाउने बताउनुभयो ।

उहाँले यो सपथ ग्रहणको क्षण गौरवशाली पार्टीको गौरबमय क्षण भएको चर्चा गर्दै, भक्तपुर जिल्लामा ७ हजार भन्दा बढी पार्टी संगठित सदस्य र देशभर लाखौं सदस्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुले आज सपथ ग्रहण गर्दा खाएको कसम बर्सिनु हुँदैन, सपथ ग्रहणमा खाएको कसम बिर्सिएर घात गर्दा गत निर्वाचनमा एमालेले धेरै ठाउँमा प्रतक्ष्यतर्फको सीट गुमाउनु पर्यो, समानुपातिकमा राम्रो भोट ल्याएको पार्टीले प्रत्यक्षतर्फ क्षति ब्यहोर्दा त्यसले सिंगो देशलाई असर पारिरहेको छ, तपाई हामीले यतिखेर भोगि रहेका छौँ, त्यसैले आजैबाट मिसन २०८४ सुरु भयो भन्ने ठान्नुस्, आज खाएको कसम सम्झेर आउँदो निर्वाचनमा एमालेलाई देशकै ठूलो पार्टी बनाएर देश चलाउने अवस्थामा पुर्याउनुपर्छ ।”

विश्वव्यापी रुपमा कम्युनिष्ट आन्दोलनमा धक्का लागिरहेको बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएर अगाडि बढिरहेको भन्दै उहाँले मदन भण्डारीको योगदान र एमालेको नीति, सिद्धान्छ, विचार र जबजले एमालेमा जनाकर्षण रहेको चर्चा गर्नुभयो ।

आउँदो निर्वाचनमा एमालेको वर्गशत्रुलाई परास्त गरेर ठूलो पार्टी बन्दै सत्ता सञ्चालनमा पुगेर समाजवादको आधारलार्ई पुरा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पानालाई साकार पार्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बासुदेव थापाले आजको यो भव्य सपथ ग्रहण कार्यक्रमबाटै भक्तपुर एमालेले मिसन २०८४ सुरु गरेको सन्देश दिनुभयो । उहाँले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने बताउँदै वडादेखि मेयरसम्म सबै एमालेका उम्मेदवार विजय हुने र प्रदेशदेखि संघमा समेत एमालेका उम्मेदवार विजयी हुने गरि मिसन सुरु भएको बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो, “एमाले भक्तपुरले मिसन २०८४ सुरु गरेको छ, यो मिसनलाई सफल पारेर आउँदो निर्वाचनमा वडादेखि नगरसम्म, प्रदेशदेखि संघसम्ममा एमालेले विजय हासिल गर्नेछ र एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने छाँै, त्यसमा सबैलाई लाग्न आव्हान गर्दछौँ ।”

कार्यक्रम सञ्ञ्चालन एवं जल्ला सचिव मोहनबीर श्रेष्ठले नयाँ संगठिन सदस्यको जुझारुपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने बताउँदै एमालेको नीति, सिद्धान्त, विचार र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास लिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमती प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०८० भदौ २२ शुक्रवार १६:०० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...