back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित विशेष योजना सार्वजनिक

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ भन्ने नाराको साथ स्किम सार्वजनिक गरेको छ । बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको हो ।

सरकारी स्वामित्वको यो बैंकले दशैंतिहारजस्ता ठूला चाडपर्वलक्षित प्रडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो ।

बैंकले १ करोड रुपैयाँसम्मको इभी लोन उपलब्ध गराउनेछ । ब्याजदर ९.९५ प्रतिशत(सबैभन्दा न्यून) कायम गरिएको छ भने यस्तो लोन लिँदा विद्युतीय गाडीको कुल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।

प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने विषयलाई विशेष शर्तको रुपमा राखिएको छ ।

भदौ २६ गतेदेखि यस्तो स्किम लागू हुने बैंकले जनाएको छ । पेट्रोलियम पदार्थ खरीदका लागि अत्यधिक विदेशी मुद्रा खर्च हुने भएको उल्लेख गर्दै त्यसलाई घटाउन समेत विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइनुपर्ने सरकारको नीति पछ्याउँदै आफूहरुले यस्तो स्किम सार्वजनिक गरेको बैंकले बताएको छ ।

वि.सं.२०८० भदौ २५ सोमवार १६:०६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...