back
NMB ad

टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री महत

Kumari bank ad

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ । हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं । उहाँहरुबाट सकरात्मक जवाफ आएको छ ।’

उहाँले भन्नुभयो, ‘पत्रको आदान–प्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौं । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।’

प्रारम्भिक यसको अध्ययन भइसकेको जानकारी दिनु हुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ।’

‘निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको जानकारी दिनु हुँदै उहाँले भन्नुभयो, ‘यहाँ तिनवटै मन्त्रालयले आएर हेरेको छ । निकुन्जमा पनि समस्या छैन भन्ने कुरा आएको हुनाले निर्माण कार्य अगाडि बढ्छ ।’

सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुन्छ । पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार बढ्छ । पर्यटक बढ्छन्, कृषिजन्य उत्पादन बढ्छ । यसले नागरिकको आम्दानी बढाउने छ । हामीले खोजेको त्यही हो ।’

यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने उहाँले बताउनुभयो । त्यसपछि शिवपुरी र पञ्चकन्या गाउँपालिकामा पनि पर्छ । उहाँले भन्नुभयो, ‘ढिकुरे र सिम्ला सिँचाइ आयोजना अर्को महत्वपूर्ण पक्ष हो । यो आयोजना बनेको धेरै भयो । पटक पटक मर्मत भयो । पुनः मर्मतका लागि यसपटक पुग्ने गरी बजेट विनियोजन भएको छ । गंगटेदेखि समुद्रटार हुँदै गोल्फु भन्जाङसम्मको बाटोलाई पूरा गर्ने लक्ष्यका साथ हामीले ठेक्का प्रकृया अगाडि बढाइसकेका छौं । यो कार्यान्वयन भएपछि यातायातमा सुधार हुन्छ ।’

कार्यक्रममा उहाँले भन्नुभयो, ‘काठमाडौंसँग जोडिएको नुवाकोट जिल्ला डा. रामशरण महत अर्थमन्त्री भएपछि विकासमा जोडिएको बताउनु भयो । यहाँको स्कुल, अस्पताल र सिँचाइको सञ्जाल निर्माण भयो । त्यसपछि नुवाकोटवासीले उन्नति र प्रगति गर्ने अवसर पाए । हजारौं नुवाकोटवासीले रोजगारीमा अवसर पाए । यसलाई हामी निरन्तरता दिन चाहन्छौं ।’

‘म ऊर्जा वा परराष्ट्रमन्त्री हुँदा नुवाकोटलाई कसरी समृद्ध बनाउने, यहाँको जनजीवनलाई कसरी माथि उठाउने भनेर काम गर्दै आएको छु । अहिले सबै ठाउँमा बिजुली पुगेको छ । मध्य पहाडी राजमार्ग नुवाकोट हुँदै जान्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘चीनसँग जोडिने रसुवागढी नाकाबाट काठमाडौं जोड्ने सडकलाई स्तरोन्नति गर्ने र छहरे–टोखा सुरुङ मार्गमार्फत् अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएर नुवाकोटलाई काठमाडौं नजिक पुर्याउने योजना छन् । नुवाकोटमै बसेर काठमाडौंमा व्यवसाय गर्न सकिने वातावरण बनाउन म रातदिन खटिरहेको छु ।’

वि.सं.२०८० भदौ ३० शनिवार १९:४१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...