
काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १ गते अन्तिम दिन रहेको छ।
योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ भोलि असोज २ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ आज असोज १ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन सक्नेछन्।
क्यापिटलको गत भदौ १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि एनआईबीएल प्रगति फन्डका इकाइधनीहरुलाई करसहित ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
वि.सं.२०८० असोज १ सोमवार ०९:०१ मा प्रकाशित