back
NMB ad

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँड

Kumari bank ad

काठमौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड गरिएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ धितोपत्र बिक्री प्रबनधक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो।

सोनापुर मिनरल्सले जारी पुँजी २ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ३५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड ६२ लाख ६७ हजार ५०० रुपैयाँबराबरको १ करोड ७ लाख ६२ हजार ६७५ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएको सेयर बाँडफाँडपश्चात बाँकी रहेको १४ लाख ३ हजार ५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिने १ करोड ७ लाख ६२ हजार ६७५ कित्ता सेयरमा समायोजन गरी कुल १ करोड २१ लाख ६५ हजार ६८० कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

सर्वसाधारणलाई छुट्टयाइएको सेयरमध्ये विवरणपत्रमा व्यवस्था भए बमोजिम १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता प्रतिसेयर रु। १०० अंकित दरमा प्रिमियमबापत १३७.५८ रुपैंया थप गरी जम्मा प्रतिसेयर मूल्य २३७।५८ रुपैंयाको दरमा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि गत साउन २९ गतेगते देखि भदौ ११ गतेसम्म बिक्री खुला गरिएको थियो।

सो अवधिभित्र प्राप्त भएको आवेदनको छानबिन गरी योग्य आवेदकहरुमा सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। १६ लाख ९३ हजार ३५० कित्ता खरिदका लागि ३० हजार ३६० आवेदकबाट आवेदन प्राप्त भएकोमा १२ जना आवेदकबाट ४५० कित्ता रितपूर्वक नदेखिएकोले रद्द गरिएको क्यापिटलले जनाएको छ।

३० हजार ३४८ जना आवेदकबाट १६ लाख ९२ हजार ९०० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको क्यापिटलले जनाएको छ। धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिने न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने १० हजार ५९१ जना आवेदकलाई मागबमोेजिमका २ लाख ४६ हजार ६० कित्ता तथा ५० देखि ३ हजार कित्तासम्म माग गर्ने १९ हजार ७५७ जना आवेदकलाई ४० कित्ताका दरले ७ लाख ९० हजार २८० कित्ता गरी कुल १० लाख ३६ हजार ३४० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँडपश्चात बाँकी रहन गएको १ लाख ८० हजार २२८ कित्ताको हकमा ५० देखि ३ हजार कित्तासम्म माग गर्ने १९ हजार ७५७ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम ५० देखि ३ हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधिद्वारा थप १० कित्ताका दरले १८ हजार २२ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २२० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

सो बाँडफाँडपश्चात् बाँकी रहन गएको ८ कित्ता सेयरको हकमा ६० देखि ३ हजार कित्तासम्म माग गर्ने ११ हजार ४१८ जना आवेदकमध्ये १ जना आवेदकले ८ कित्ता पाउने गरी पुनः गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको थियो।

वि.सं.२०८० असोज २ मंगलवार १९:४७ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...