काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर आज धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।
प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४७५.२०रुपैयाँमा कारोबार भएको छ। इन्स्योरेन्सको शेयर गत मंगल नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १५८.४१ रुपैयाँदेखि अधिकतममा ४७५.२३ रुपैयाँ तोकिएको थियो।नेप्सेले सन नेपाल लाइफलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ।
वि.सं.२०८० असोज ४ बिहीवार ११:०३ मा प्रकाशित