back
NMB ad

सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गर्दै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ बिक्री खुला गर्ने भएको हो। कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ ल्याउनेछ। जसमा स्थानीयलाई जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी १४ लाख ३ हजार ५ कित्ता सेयर थप गरिएको छ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो। सो मध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ बिक्री गरिसकेको छ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता बाँडफाँड गरिसकेको छ।

कम्पनीले सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता छुट्याएको छ। अब स्थानीयमा बिक्री नभएको कित्तासहित कुल ९७ लाख ३२ हजार ५४४ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ। आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

वि.सं.२०८० असोज ५ शुक्रवार १०:३० मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...