काठमाडौं । नेपाल बैंकको संचालक समितीको अध्यक्षको जिम्मेवारी परिवर्तन भएको छ । बैंकको संचालक समितीको असोज २ गते बसेको संचालक समितीको बैठकले चन्द्रबहादुर अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएको बैंकले जानकारी दिएको छ ।
वि.सं.२०८० असोज ५ शुक्रवार ११:५८ मा प्रकाशित