काठमाडौँ, ७ असोज : माछापुच्छ्रे बैंकले ६२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
बैंकले ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ।
वि.सं.२०८० असोज ७ आइतवार १०:२० मा प्रकाशित