back
SKIP
Prabhu Bank Road Block Ad

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी   

Kumari bank ad

दमौली, ८ असोज : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।

माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले वडा नम्बर २ ढकालटारमा रहेको विद्युत् प्राधिकरणको अलपत्र भवन प्रयोगका लागि तयारी गर्ने जनाएको छ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको उक्त भवनमा गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

अध्यक्ष चुमानले भन्नुभयो, “एकातिर स्थानीय जनताको प्राविधिक विषय पढ्ने चाहना हुँदाहुँदै पनि जमिन अभावका कारण गाउँपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने निर्णय गरेर पनि प्राविधिक शिक्षालय स्थापना गर्न सकेको छैन । अर्कोतिर गाउँपालिकामा रहेको जमिन र सो जमिनमा निर्माण भएको संरचना अलपत्र अवस्थामा रहनु विडम्बना हो ।”

ढकालटारमा जीर्ण अवस्थामा रहेको भवन संरक्षण तथा उपयोगका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग अनुमति माग गरेको छ । कित्ता नम्बर १७५ को क्षेत्रफल ६–१३–३ र कित्ता नम्बर १७४ को क्षेत्रफल ६–७–०–१ को जमिन संरक्षण तथा उपयोगका लागि गाउँपालिकालाई अनुमति दिन माग गरिइएको हो ।

मस्र्याङ्दी जलविद्युत् केन्द्र निर्माणको समयमा कामदारलाई आवास व्यवस्थापनका लागि स्थानीयबाट अधिग्रहण गरी संरचना निर्माण गरिएको छ । विद्युत् प्राधिकरणले तालिम केन्द्र सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । पछि तत्कालीन सङ्कटकालको बेलामा नेपाली सेनाले उपयोग गरेको उक्त जग्गामा विगत लामो समयदेखि नेपाली सेनाले उपयोग गर्न छाडे पनि संरक्षण अभावमा सो जमिन र संरचना खण्डहरमा परिणत भएका छन् ।

अध्यक्ष चुमानले ऊर्जा मन्त्रालयले त्यसको संरक्षण र प्रयोगका लागि गाउँपालिकालाई अनुमति दिएमा त्यहाँ प्राविधिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऊर्जामन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

गाउँपालिकाभित्र रहेका आधारभूत तथा माध्यमिक तह अध्ययनपश्चात् विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउन गाउँपालिकाले आफ्नै प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको छ । “प्रविधिक शिक्षा अध्ययनका लागि पोखरा, चितवन, काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गर्न पालिकाभित्रै प्राविधिक शिक्षालय स्थापना गर्न पहल गरेका छौँ, वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई समावेश गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि जग्गा व्यवस्थापनमा पहलसँगै स्थापना, व्यवस्थापन कार्यमा अगाडि बढेका छौ ।”

प्रयोगविहीन जीर्ण भवनलाई पालिकाले मर्मत गरेर सञ्चालनमा ल्याउने अध्यक्ष चुमानले बताउनुभयो । “भवन यत्तिकै राख्नुभन्दा त्यसको प्रयोग पनि हुने, पालिकालाई पनि सहज हुने भएकाले उक्त भवन उपयुक्त छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।

वि.सं.२०८० असोज ८ सोमवार ०६:४० मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...