back
NMB ad

सानिमा बैंकले बोलायो साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

Kumari bank ad

काठमाडौं । सानिमा बैंक लिमीटेडले वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बैंकले १९ औं वार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृति दिने एजेण्डा पेश हुनेछ ।

यस्तै, चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर वितरणको एजेण्डा समेत प्रस्तुत भई पारित गर्ने कार्यतालिका रहेको छ ।

साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको १९ औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय अवस्थाको विवरण, आयव्यय विवरण समेत पारित गर्ने एजेण्डा रहेका छन् ।

बैंकले साधारणसभा प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको छ । यस कारण असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकको साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

वि.सं.२०८० असोज ८ सोमवार ११:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...