back

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

Kumari bank ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आ.व. २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती विशेष साधारण सभाबाट गर्ने निर्णय गरेको छ ।

साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरहोल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो । सनराईज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

कम्पनीले बर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आईरहेको र उक्त म्युचुअल फण्ड मध्य सन्राइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ। साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्धेश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित भएको छ ।

उक्त वार्षिक साधारण सभामा विशेष प्रस्तावका रुपमा रहेको सन्राईज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिने   सम्बन्धमा सम्पूर्ण प्रकृया पूरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

वि.सं.२०८० असोज १० बुधवार १८:२८ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...