काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै २०८० असोज १० गते बुधबार राति १० बजेदेखि सोही राति १२ बजेसम्म अबरुद्ध हुने जानकारी दिएको हो ।
बैंकको कारोबारको स्विचिङ सेवा प्रदायक संस्था नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टमको सिस्टममा आवस्यक मर्मत गर्नु परेकाले सो समयमा बैकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटिएम पिओएस सेवा केही समय अबरुद्ध हुन सक्ने बैकले जानकारी दिएको छ ।
साथै, उक्त समयममा दैनिक रुपमा आवस्यक विद्युतीय कारोबारको लागि अन्य वैकल्पिक माध्यमबाट कारोबार गर्न अनुरोध गरेको छ ।
वि.सं.२०८० असोज १० बुधवार १८:४७ मा प्रकाशित