back
NMB ad

नेपालकै अहिलेसम्मको सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन

Kumari bank ad

काठमाडौं । मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरुको उपस्थितीमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरुलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो ।

लन्चमा बोल्दै मनाङ बेभरेजका डाइरेक्टर आश्रय रंजितकारले भन्नुभयो “हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजारमा ल्याएका छौँ । स्थानीय स्तरमा उत्पादित स्याउहरुबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन तपाईँहरु माझ ल्याउन पाउँदा हामी उत्साहित छौँ । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरुले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।”

प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाङ भ्यालीमा स्थानीय किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ । मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दावी छ । मनाङ भ्याली वाइनको आगमनले स्थानिय रुपमा उत्पादित सामाग्रीहरुको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ ।

त्यस्तै स्वस्तिमा खड्काले भन्नुभयो “मनाङ भ्याली वाइन वास्तवमै गज्जब स्वदको छ । यसको हरेक सिपमा हिमालयको शुद्धता र मौलिकपनाको आभास हुन्छ । विदेशी वाइनहरुले प्रभुत्व जमाउदै गरेको अहिलेको अवस्थामा मनाङ भ्याली वाइनको यस स्तरको नेपाली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा हो । मनाङ भ्याली वाइन व्हाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ ।

वि.सं.२०८० असोज ११ बिहीवार १०:३१ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...