back

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

Kumari bank ad

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।

निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार कूल दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा हालसम्म करिब तीन सयले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचन सुरु हुने छ । कमिटीको अध्यक्ष पदका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ, केशर बुढाथोकीले उम्मेदवारी दिनुभएको छ । अध्यक्ष पदमा वारेसमार्फत केशवराज पाण्डेले पनि उम्मेदवारी दिनुभएकामा निर्वाचन समितिले उहाँको उम्मेदवारी आधिकारिकरुपमा नपरेको जनाएको छ ।

यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ भने निर्वाचन समितिको प्रमुखमा अधिवक्ता डिल्ली मैनाली रहनुभएको छ ।

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...