
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डले स्विकृति दिएको हो ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।यसले कुल १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्ने भएको छ ।
वि.सं.२०८० असोज १२ शुक्रवार १४:२० मा प्रकाशित