back
NMB ad

नेपालगञ्जका तारे होटल सुनसान   

Kumari bank ad

राँझा (बाँके), १४ असोज : नेपालगञ्जमा पर्यटनलाई लक्षित गरी ठूलो लगानीमा खुलेका तारे होटल सुनसान छन् । विगतमा यो याममा कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकले भीडभाड हुने नेपालगञ्जका होटल यस वर्ष भने सुनसान रहेको होटल व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले बताउनुभयो ।

“विगतमा केरुङ नाका बन्द हुँदा कैलाश मानसरोवर जाने धार्मिक पर्यटकले नेपालगञ्जको बाटो प्रयोग गर्दा चहलपहल राम्रै थियो”, अध्यक्ष काफ्लेले भन्नुभयो, “यस वर्ष नेपालगञ्जको बाटो प्रयोग भएको छैन, ट्राभल एजेन्सीले काठमाडाँैबाट केरुङ नाका हुँदै पर्यटकलाई मानसरोवर पठाउने गरेका छन् ।”

नेपालगञ्जका कतिपय होटलहरुले आन्तरिक रुपमा कैलाश मानसरोवरको प्याकेज बनाएर पर्यटक पठाउने गरे पनि विगतमा जस्तो यो वर्ष भीडभाड नरहेको काफ्लेले जानकारी दिनुभयो । नेपालगञ्जमा कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधासम्पन्न होटल खुलेका छन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवरको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाउन चीन सरकारसँग सैद्धान्तिक सहमति गरेको विषयले नेपालगञ्जलाई दीर्घकालीन रुपमा फाइदा पुग्ने भए पनि अहिले होटल व्यवसाय सुनसान जस्तै रहेको मेरो प्लानेटका प्रबन्धक ओम मिश्रले बताउनुभयो ।

“सिमिकोट–हिल्सा सड़क नबनेसम्म हेलिकाप्टरको प्रयोगका कारणले नेपालगञ्जमार्फत मानसरोवर यात्रा छिटो, छोटो र सजिलो भए पनि सबैभन्दा महँगो थियो”, उहाँले भन्नुभयो, “हाल सिमिकोट–हिल्सा सडकको स्तरोउन्नतीको लागि प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग सम्झौता गरेकाले कार्यान्वयन भएमा नेपालगञ्ज रुट चल्ने छ ।”

नेपालगञ्जका ठूला सुविधासम्पन्न होटलको मुख्य स्रोत मानिएको कैलाश मानसरोवरका अधिकांश भारतीय तीर्थयात्री ट्राभल एजेन्सीमार्फत आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा अपेक्षित रुपमा लाभ लिन नसकेको अवस्था पनि यहाँका होटल व्यवसायीले भोग्दै आएका छन् ।

एक दशकयता नेपालगञ्जमा तारेसहित दर्जन बढी सुविधा–सम्पन्न होटल सञ्चालनमा छन् । सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले बताउनुभयो ।

उहाँका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसायमा रु १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ ।

वि.सं.२०८० असोज १४ आइतवार १३:२० मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...