back
NMB ad

एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

Kumari bank ad

पोखरा । महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ ।

३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए ।

जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले वडाले बार्षिक रुपमा जेष्ठ नागरिक दिवासेवा केन्द्रमा खाजा एवं सहायता सामाग्री बितरण गर्दै आएको जानकारी दिए । थापाले वडाको भौतिक बिकासमा मात्र नभई सर्वशुलभ रुपले शिक्षा र स्वास्थ्यमा सवै नागरिकको पहुच हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले बार्षिक रुपमा नगरपिता र नगरमाताको रुपमा जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताईन । उनले यसपटक जेष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताईन ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं ४ का निर्वतमान वडाध्यक्ष शंकर बास्तोला, वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना, उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतम, महानगरपालिका महिला विकास शाखाका अधिकृत विष्णु पौडेल, सम्मानित व्यक्तित्व पोखरेलका नाती डा. रञ्जन पोखरेल लगायतले बोलेका थिए ।

कार्यक्रममा सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद १५ हजारमा ५ हजार १ सय ४ रुपैया थप गरी पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरेका छन् । महानगरपिताका रुपमा सम्मानित पोखरेलका चार छोरा, तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।

वि.सं.२०८० असोज १४ आइतवार १७:२५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...