back
Kumari Bank

अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता   

Nepal Bank

काठमाडौँ १५ असोज : राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध रु १५ करोड बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ ।

विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ७ सि ४२२४ नंको कारलाई रोकी जाँच गर्ने क्रममा उक्त कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान (रु ३४ लाख) र पाँच सय दरका दुई हजार थान (रु १० लाख) फेला पारी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।

त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रतिवादीहरु प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरी प्रतिवादी प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट उक्त रकम आएको पाइएको अधिकारीले बताउनुभयो ।

विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्य प्रतिवादीहरुलाई दिन बुझाउन बाँकी रहेको रकम रु ८३ लाख ३८ हजारसमेत गरी जम्मा रु एक करोड २७ लाख ३८ हजार बरामद गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रतिवादी अरुण यादवको हकमा रु आठ करोड करोड ६५ लाख ६० हजार र प्रतिवादी पवनकुमार यादवलाई रु पाँच करोड आठ लाख ८८ हजार गरी जम्मा बिगो रु १५ करोड एक लाख ८६ हजार आठ सय बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ ।

प्रतिवादीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आएकाले सोही अनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ ।

वि.सं.२०८० असोज १६ मंगलवार ०६:३२ मा प्रकाशित

You can share this post!

वित्तीय क्षेत्र : बाटो बिराएको दशक

वित्तीय क्षेत्र : बाटो बिराएको दशक

वि.सं.२०८२ असार २५ बुधवार ०७:११

डुन्डुराज आचार्य (डीआर) राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय आर्थिक गणना २०७५...

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार २५ बुधवार ०६:५५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २५...

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा   

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा   

वि.सं.२०८२ असार २५ बुधवार ०६:५१

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ...

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह   

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह   

वि.सं.२०८२ असार २५ बुधवार ०६:४४

काठमाडौँ : वाग्मती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह...

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?   

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?   

वि.सं.२०८२ असार २५ बुधवार ०६:४१

प्रगति ढकाल काठमाडौँ, २५ असारः यस वर्षको मनसुन अपेक्षित समयभन्दा...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २५ बुधवार ०६:३८

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...