
काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुमारी बैंकले ऋणपत्र ल्याउन अनुमति दिएको हो । सेबोनको अनुमतिसँगै अब कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ।
यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
कुमारी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
वि.सं.२०८० असोज १६ मंगलवार १०:३७ मा प्रकाशित