back

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

Kumari bank ad

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनायो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले । उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए । साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५/२५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार छक्काको सहायतामा ३२ रन बनाए । साथै सन्दीप जोरा र कुशल मल्ले समान २९/२९ रन बनाए भने कुशल भुर्तेलले २८ रनको योगदान दिए । करण केसी १८ रनमा अविजित रहे ।

भारतका लागि आवेश खान र रवी विस्नोइले समान तीन/तीन विकेट लिए भने अर्शदीप सिंहले दुई तथा साई किशोरले एक विकेट लिए । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...