back
Kumari Bank

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

Nepal Bank

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको हो ।

पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् । प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उहाँले नै जानकारी दिने जनाएको छ ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे जानकारी दिनुभयो । उहाँले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि सो घटनाको छानबिन सुरु गरिएको बताउनुभयो ।

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३ मा प्रकाशित

You can share this post!

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

वि.सं.२०८२ असार १२ बिहीवार ११:१५

धनगढी : नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले...

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

वि.सं.२०८२ असार १२ बिहीवार ११:०६

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन गरेको...

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै   

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै   

वि.सं.२०८२ असार १२ बिहीवार १०:५६

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक...

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार १२ बिहीवार १०:४४

काठमाडौं। साताको पाँचौ कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको...

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने   

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १०:३९

तनहुँ  : तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था...

ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’   

ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’   

वि.सं.२०८२ असार १२ बिहीवार ०६:३६

पाटन (ललितपुर) :  ललितपुर महानगरपालिकाले आन्तरिक रोजगारी र शैक्षिक अवसरको...