back
NMB ad

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म दिन पाइन्छ ?

Kumari bank ad

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आईपीओमा आवेदन दिन म्याद थप गरेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा निर्धारित समयमा मागभन्दा कम आवेदन परेकाले समय थप गरेको हो ।

अब कम्पनीको आइपीओमा असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । यद्यपी, उक्त समय अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा सूचना जारी गरेर आइपीओको बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

सीडीएसका अनुसार कम्पनीको आइपीओमा असोज १६ गते मंगलबार साँझसम्ममा ७ लाख ३२ हजार ९५३ जनाले ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा कम आवेदन हो ।

वि.सं.२०८० असोज १७ बुधवार ०७:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...