back
NMB ad

मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी २४ करोड   

Kumari bank ad

भादगाउँ (भक्तपुर), १७ असोज : मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा रु २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो ।

मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा धेरै रु आठ करोड पाँच लाख ३० हजार आठ सय ५८ आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जानकारी दिनुभयो ।

वडा कार्यालयमध्ये सबैभन्दा धेरै वडा नं ३ ले आम्दानी गरेको छ । वडा नं ३ ले रु तीन करोड ९८ लाख १७ हजार दुई सय २५ आम्दानी गरेको हो । वडाले रु चार करोड ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो । वडा नं ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यले भन्नुभयो, “व्यवसाय दर्ता अभियानअन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसलपसलमा पुगेर व्यवसाय दर्ताका लागि अनुरोध गरिएको र सोअनुसार करिब चार सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिब चार करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।”

वडा कार्यालयमध्ये वडा नं २ ले रु दुई करोड २७ लाख ५५ हजार सात सय ७४, वडा नं १ ले दुई करोड २२ लाख ४२ हजार नौ सय ५६, वडा नं ४ ले एक करोड ९२ लाख ६४ हजार छ सय २०, वडा नं ९ ले एक करोड ६३ लाख ८२ हजार पाँच सय ८७ रुपैया सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिनुभयो ।

यसैगरी वडा नं ५ ले रु एक करोड ५० लाख ५५ हजार ९८, वडा नं ६ ले रु ९७ लाख ५९ हजार दुई सय १७, वडा नं ८ ले रु ८८ लाख ४६ हजार आठ सय र सबैभन्दा कम वडा नं ७ ले रु ६६ हजार ८३ हजार सात सय २४ आम्दानी गरेको सिलवालको भनाइ छ ।

वि.सं.२०८० असोज १८ बिहीवार ०६:५५ मा प्रकाशित

You can share this post!

प्रभु बैंकको ३०५ औ शाखा कालीकोटको मान्मामा सञ्चालन

प्रभु बैंकको ३०५ औ शाखा कालीकोटको मान्मामा सञ्चालन

वि.सं.२०८१ असार २ आइतवार १३:०८

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

मनकामना केबुलकार ५० दिन बन्द हुने, यस्तो छ कारण   

मनकामना केबुलकार ५० दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ असार २ आइतवार १२:५५

मुग्लिन, (चितवन) २ असार : नेपालको पहिलो केबुलकार मनकामना केबुलकार...

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग   

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग   

वि.सं.२०८१ असार २ आइतवार १२:५१

भोजपुर, २ असार : जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा...

‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ संसदमा पेस   

‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ संसदमा पेस   

वि.सं.२०८१ असार २ आइतवार १२:३७

काठमाडौँ, २ असार : नेपाल सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित   

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित   

वि.सं.२०८१ असार २ आइतवार १२:२२

फुङ्लिङ (ताप्लेजुङ), २ असार : निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न...

विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा   

विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा   

वि.सं.२०८१ असार २ आइतवार १२:१६

काठमाडौँ, २ असार : आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह...