काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ ले बुक क्लोजको मिति तय गरेको छ ।
फन्डले असोज २५ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यसर्थ, असोज २४ गतेसम्म कायम इकाईधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ ।
वि.सं.२०८० असोज १८ बिहीवार ११:०२ मा प्रकाशित