back
NMB ad

दसैँका लागि माटोका सामग्री तयार हुँदै   

Kumari bank ad

भादगाउँ (भक्तपुर), १८ असोज : भक्तपुर नगरापालिका–४ तालाक्वको विनोदकुमार प्रजापतिको परिवार निकै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दसैँका लागि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ ।

दसैँमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग गरिने माटोका सामग्री बनाउन उहाँको परिवार अहिले व्यस्छ छ । “दसैँ नजिकिदै छ । काठमाडौँ उपत्यकालगायत बाहिरी जिल्लाको माग अनुसार सामान बनाउन थालेका छौँ । अझै धेरै बनाउन बाँकी छ”, प्रजापतिले भन्नुभयो, “अहिले त म मात्र होइन परिवारका सबै सदस्य यसै काममा व्यस्त छन् । शनिबारको दिन छोराछोरीलाई पनि काममा लगाइराखेका छौँ ।”

श्रीमती र छोराछोरीसहित घटस्थापनका दिन पुजा कोठामा राख्ने गमला, भ्यग, धुपौरो, दुध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अन्ती, दुध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्ली, मोनी सल्ली, जलपात्र, कलश, आरतीलगायत सामग्री बनाउन व्यस्त भएको उहाँले बताउनुभयो ।

प्रजापतिका अनुसार जमरा राख्ने ढुकुटीमा देवी दुर्गाको पुजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ ।

भक्तपुर नगरपालिका–९ सुजमारी राजकृष्ण प्रजापतिलाई पनि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । बिहान चार बजेदेखि दसैँका लागि माग अनुसारका सामग्री बनाउन व्यस्त छन् । दसैँ र तिहारको समयमा माग गरिएका सामग्र्री समयमा पु¥याउन सके वर्षभरी अरु बेला खासै व्यस्त हुन नपर्ने राजकृष्णले बताउनुभयो । “यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाबाट पर्वका लागि आवश्यक माटोका सामग्रीको माग छ”, उहाँले भन्नुभयो, “ती सामग्री समय पु¥याउन सके अरु बेला खासै व्यस्त हुन पर्देन । हामीले बढी दुःख गर्ने भनेको दसैँं र तिहारका लागि हो । यो समयमा मागअनुसार सामान उत्पादन गर्नसके वर्षदिन गुजारा गर्न गाह्रो पर्दैन ।”

बजारमा विभिन्न आधुनिक सामान आए पनि दसैँतिहारमा माटोका सामग्री बढी प्रयोग हुने गरेकाले यसको व्यापार निकै फस्टाएको व्यापरी बताउँछन् । यो व्यवसायमा लागत र परिश्रमअनुसार आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ता पनि आर्कषित भएका राजकृष्ण बताउनुभयो । उहाँका अनुसार भक्तपुरमा रू १ देखि १२ सय सम्मका पर्व सामग्र्री उत्पादन हुने गरेका छन् ।

चाडपर्वको समय भक्तपुर तालक्व र सुजमारीको कुम्हालेका साथै लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं, कमलविनायक र सूर्यविनायकका कुम्हालेका परिवार पनि माटोका सामान बनाउन व्यस्त देखिन्छन् । यहाँ उत्पादित पर्व सामग्रीहरु उपत्यकाका साथै बनेपा, पनौती, धुलिखेल, साँखु, त्रिशुली, पोखरा, कीर्तिपुर, थेचोसम्म पुग्ने गरेको व्यवासायी बताउँछन् ।

वि.सं.२०८० असोज १८ बिहीवार १४:४२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...