back
NMB ad

आज १९ असोज २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता नै हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरू अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मुद्दा मामिलामा सफलता पाइनेछ । जीवनसाथीसँग राम्रो आहार विहारका साथै रमाइलो समय बिताउनु हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शिक्षामा सफलता मिल्ला । धनमाल पनि हात लाग्न सक्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा विना कामका चिन्ताले सताउनेछन् । नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्नेछ, साँझमा भने कतैबाट शुभ समाचार सुन्नमा आउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प.नारायणप्रसाद दुलाल

 

वि.सं.२०८० असोज १९ शुक्रवार ०६:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...