काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढी निक्षेपका लागि मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रिय बैंकले बुधबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख भन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने हुन्छ’ ।
हेर्नुहोस् पूर्णपाठ :
वि.सं.२०८० असोज १९ शुक्रवार ०७:११ मा प्रकाशित