back
NMB ad

अर्थमन्त्री महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण   

Kumari bank ad

दमौली (तनहुँ), २० असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गर्नुभएको छ । आज देवघाट आइपुग्नुभएका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमका बारेमा जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामका बारेमा चासो राख्नुभएको थियो । निरीक्षणपश्चात् अर्थमन्त्री महतले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारकोतर्फबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गत वर्ष असोजमा वेणी नजिक रहेको गलेश्वर आश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको थियो । पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले बोलपत्र (टेन्डर) प्रक्रिया सुरु गरेको जनाएको छ ।

बोलपत्रका लागि कार्यालयका तर्फबाट शुक्रबार स्थलगत अवलोकन भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा रू दुई करोड बराबरको टेन्डर आह्वान गर्ने तयारी भएको छ ।
“त्यति रकमले पुग्दैन भनेर हामीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छौँ”,कुँवरले भन्नुभयो, “उहाँका तर्फबाट सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ ।” उहाँका अनुसार २०७२ को भूकम्पपछि थिलोथिलो बनेको यो ठाउँमा गत वर्षको पहिरो खसेको थियो । सम्बन्धित निकायले बेलैमा चासो नदिँदा गलेश्वर आश्रम नै जोखिममा परेको गुनासो छ ।

वि.सं.२०८० असोज २० शनिवार १२:५५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...