back
NMB ad

स्वास्थ्य बीमाको औषधि छुट्टै काउन्टरबाट   

Kumari bank ad

चितवन, २० असोज : स्वास्थ्य बीमा गरेका बिरामीलाई औषधि दिन भरतपुर अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालमा बिरामीको थप चाप थेग्नै नसक्ने अवस्था आएकाले बीमाको औषधि दिन थप काउन्टर सुरु गरिएको बताउनुभयो । पौडेलले भन्नुभयो, “औषधि लिनुपर्ने बीमाका बिरामीले नियमित सेवन गर्नुपर्ने मधुमेह, उच्च रक्तचाप, दम थाइराइड, कोलेस्ट्रोल लगायतका औषधि डाक्टरबाट लेखाएर सहजै लिन सक्नुहुन्छ ।” सो काउन्टर बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने गरेको उहाँले जानकारी दिनुभयो ।

धेरै बिरामी बीमाबाट औषधि लिनकै लागि भीडभाडमा बस्नुपर्ने बाध्यता हट्दै जाने विश्वास पौडेलको छ । उहाँले भन्नुभयो, “नियमित औषधि लिनेले सामान्यतय एक–एक महिनामै चिकित्सकसँग जाँच गर्नुपर्ने हुँदैन, त्यसैले बिहान ७ बजे नै टिकट लिएर डाक्टरको सिफारिसमा औषधि लिएर जान सकिन्छ ।”

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार हरेक दिन ९० देखि एक सय ३५ बिरामीले छुट्टै काउन्टरबाट सेवा लिइरहेका छन् । अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । हालसम्मको सबैभन्दा बढी बिरामी आएको दिन एकैदिन दुई हजार सात सय ४९ जनाले अस्पतालबाट सेवा लिएका थिए ।

तीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउँछन् भने ३० प्रतिशत बीमा बाहेकका आउने गर्दछन् । बीमाका बिरामीले अरु व्यक्तिको कार्ड लिएर सेवा लिने गरेको पाइएपछि निगरानी बढाइएको छ ।

वि.सं.२०८० असोज २१ आइतवार ०६:४७ मा प्रकाशित

You can share this post!

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...

मेलम्ची खानेपानी आयोजना बन्द गरिने

मेलम्ची खानेपानी आयोजना बन्द गरिने

वि.सं.२०८१ असार १ शनिवार १०:५३

काठमाडौँ : मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची...