काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली असोज २२ गते बुकक्लोज गर्ने भएको छ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले कात्तिक २ गते १९ औँ वार्षिक साधारण सभा डाकेको छ । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बिहान ११ बजदेखि सुरु हुनेछ ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
वि.सं.२०८० असोज २१ आइतवार १०:३४ मा प्रकाशित