back
NMB ad

इजरायलका नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो   

Kumari bank ad

काठमाडौँ, २१ असोज : उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबी शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिनुभएको छ ।

उहाँले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिनुभएको हो ।

गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उहाँले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिनुभएको हो ।

नेपाली राजदुत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको बताउनुभएको छ । त्यस्तै इजरायली राजदूत गदरले नेपालीलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताउनुभएको छ ।

वि.सं.२०८० असोज २१ आइतवार १३:१३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...