back
NMB ad

पाटन दरबार क्षेत्रमा ढल प्रणालीसँगै अन्य पूर्वाधारहरू निर्माणको कार्य अन्तिम चरणमा

Kumari bank ad

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण कार्यसँगसँगै विद्युतका केबल भूमिगत गर्ने र टेलिफोनका तार भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

ऐतिहासिक सम्पदा क्षेत्रमा ढल प्रणाली व्यवस्थापनका लागि नेपाल सरकारको लगानी एसियाली विकास बैंक को ऋण सहयोग) र ललितपुर महानगरपालिकाको लगानीबाट पाटन दरबार क्षेत्र तथा आसपासका क्षेत्रमा युनेस्कोको मापदण्डमा रहेर ढल प्रणालीको निर्माण कार्य हुँदै आएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन परियोजनाबाट ढल प्रणाली निर्माण भएबाट यस वर्षको वर्षायाममा ठूलो पानी पर्दा समेत पाटन दरबार स्क्वायर क्षेत्रका सडक जलमग्न भएनन् भने ढल तथा मङ्गालमा जाम हुने समस्या समेत समाधान भएको छ ।

पाटन दरबार स्क्वायर क्षेत्रमा निर्माण गरिएको ढल प्रणालीका बारेमा जानकारी लिन नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंकका कार्यकारी निर्देशक च्यान्टेल वाङ नेतृत्वको टोलीले यही असोज २० गते पाटन दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

त्यस अवसरमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माणको कार्यसँगसँगै विद्युत तथा टेलिफोनका लाइन भूमिगत गर्ने कार्य समेत सम्बन्धित निकायहरूबाट हुँदै आएको जानकारी दिनुभयो ।

पाटन दरबार क्षेत्रमा नमूनाका रूपमा गरिएको ढल व्यवस्थापन कार्यबाट सम्पदा क्षेत्रमा कार्य गर्ने राम्रो अनुभव हासिल भएको उल्लेख गर्नुहुँदै आयोजना निर्देशक सापकोटाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानीय तहहरूबाट पनि सम्पदा क्षेत्रहरूमा ढल प्रणाली निर्माणको माग आएको जानकारी दिनुभयो ।

स्थलगत अवलोकनमा एडिबीका संचालक समितिका कार्यकारी निर्देशक तथा बैकल्पिक कार्यकारी निर्देशकहरू, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिव, पिआइडीका आयोजना निर्देशक, आयोजना उपनिर्देशक र आयोजना प्रवन्धक तथा स्थानीय वासिन्दाहरूको सहभागिता रहेको थियो ।

वि.सं.२०८० असोज २१ आइतवार १६:३७ मा प्रकाशित

You can share this post!

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना   

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना   

वि.सं.२०८१ असार ३ सोमवार १५:३८

म्याग्दी, ३ असार : मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग...

जी–७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूटले भरिएको’ चीनको दाबी   

जी–७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूटले भरिएको’ चीनको दाबी   

वि.सं.२०८१ असार ३ सोमवार १५:१२

बेइजिङ, ३ असार : आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७) का नेताहरूले...

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द हुने   

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द हुने   

वि.सं.२०८१ असार ३ सोमवार १४:३१

काठमाडौँ, ३ असार : मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा...

पेट्रोल पम्पमा लामबद्ध सवारी चालक

पेट्रोल पम्पमा लामबद्ध सवारी चालक

वि.सं.२०८१ असार ३ सोमवार १३:४३

काठमाडौँ । उपत्यकामा पेट्रोलियम पदार्थको अभावका कारण सोमबार भद्रकालीस्थित सैनिक...

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो   

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो   

वि.सं.२०८१ असार ३ सोमवार १३:३७

खोटाङ, ३ असार : खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा...

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना   

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ असार ३ सोमवार १३:२९

काठमाडौँ, ३ असार : यही असार ६ गतेसम्म देशका मध्य...