back
NMB ad

ब्रिटिस कलेजमा ‘करिअर क्वेस्ट– २३’ सम्पन्न

Kumari bank ad

काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ‘करिअर क्वेस्ट– २३’ सम्पन्न गरेको छ। बिहीबारबाट थापाथलीस्थिल कलेजको हातामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

कलेजले यसअघि जब फेयरको नाममा तीनवटा यस्ता कार्यक्रम गरेको थियो। यस संस्करणलाई अझै परिस्कृत बनाउँदै थप कम्पनीहरुको सहभागितामा यो संकरण सम्पन्न भएको हो।

क्वेस्टमा एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, बीबीए, बीएससी कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्सका विद्यार्थीहरु सहभागि भएका थिए। उनीहरुलाई विज्ञहरुसँगै कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याकक्रडेनले एक साता लामो सशक्तिकरणको कक्षा पनि दिइएको थियो। यस सत्र मुख्यतः अन्तर्वार्ता तथा सीभी लेखनमा केन्द्रीत थियो।

सशक्तिकरणको कक्षापछि विद्यार्थीहरु दुई दिने करिअर क्वेस्टमा सहभागि भएका थिए। सो कार्यक्रममा २६ वटा ठूला कम्पनीहरुको सहभागिता रहेको थियो। सो कम्पनीहरुमा कलेजका वर्तमान तथा भूतपूर्व गरि २५० जना विद्यार्थीहरुले इन्टर्नशिप तथा कामको लागि अन्तर्वार्ता दिएका थिए।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै इन्टर्नशिप प्लेसमेन्ट तथा आल्मुनी अफिसर शिवानी अधिकारीले भनिन्, ‘क्वेस्टमार्फत हामीले शिक्षा र उद्योगको आवश्यकताबीचको ग्यापलाई कम गर्ने प्रयास गरेका छौं र यस प्रयासमा स्थानीयसँगै अन्तर्राष्ट्रिय कम्पनीहरुले हाम्रा विद्यार्थीहरुलाई अवसर प्रदान गरेको छ।’

क्वेस्टमा प्रतिष्ठित कम्पनीहरु अलाया, सुबिसु, लिपफ्रग, ईसेवा, स्प्राउट÷क्लाउड फ्याक्ट्री, जेनेस सोलुसन्स, सिप्रदी, एफवान सफ्ट इन्टरनेशनल प्रा.लि. एमएडब्लु, वल्र्डलिङ्क, आईएईएसटीई, खल्ती, क्विक फक्स कन्सल्टिङ, लक्ष्मी ग्रुप, दराज, इन्डेक्स डिस्ट्रिब्युटर्स प्रा.लि. (विशाल ग्रुप), युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रा.लि. स्पार्क ग्रुप, द्वारिका, पञ्चकन्या, अक्वेर सफ्टवेयर प्रा.लि., हान्सिकर टक्नोलोजीज, जेनेस एकेडेमी, कोड रश र ब्रिटिस कलेज आफैं पनि सहभागी भएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि प्रतिक्रिया दिँदै कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले भने, ‘हामी यस कार्यक्रममार्फत विद्यार्थीहरुलाई स्वदेशमा नै उत्कृट जब तथा अवसरहरुको वातावरण तयार गर्दै आगामी दिनहरुमा हुन लागेको सम्भावित मानवीय स्रोतको ग्यापलाई पूरा गर्ने प्रयासमा लागिरहेका छौं। यो करिअर क्वेस्टलाई हामीले मिसनको रुपमा लिएको र यो प्रयासमा सफल पनि हुँदै आएको छ। म यस कार्यक्रमलाई सम्पन्न गराउने सबैलाई धन्यवाद दिन चाहान्छु र सहभागी हुनुभएका विद्यार्थीहरुलाई शुभकामना पनि दिन चाहान्छु।’

वि.सं.२०८० असोज २१ आइतवार १९:१७ मा प्रकाशित

You can share this post!

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...