back
NMB ad

विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

Kumari bank ad

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोे सहकार्यमा २ दिने शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

प्रभु क्यापिटलले आयोजना गरेको यो २ दिने जनचेतनामूलक तालिम कार्यक्रम कास्की जिल्लाको ग्रामीण भेग बिरेठाटीका सर्वसाधारणहरुका लागि, प्रभु बैंक लिमिटेडको पोखरा एरियाका शाखाका शाखा प्रमुख सहित कर्मचारीहरुको लागि र पोखरा थकाली समाजका अग्रज तथा युवावर्गलाई लक्षित गरी गरिएको थियो । जसमा बिरेठाटीमा करीब १२० जना सर्वसाधारणहरु, प्रभु बैक लिमिटेडका करीब २५ जना तथा थकाली समाजका ५० भन्दा बढी अग्रज तथा युवावर्गको सहभागिता भएको थियो । यो तालिम कार्यक्रम यही २०८० असोज २० गते शनिबार तथा २०८० असोज २१ गते आईतबारका दिन सम्पन्न गरिएको हो ।

उक्त तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक  शंकर प्रसाद रिमाल, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत श्री सुरेश न्यौपानेको सहभागीता भएको थियो भने उक्त कार्यक्रमको समन्वय प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव श्री बासु थपलियाले गर्नुभएको थियो र प्रभु क्यापिटल लिमिटेडको कोष व्यवस्थापनका स्कीम म्यानेजर श्री सौगात पन्तले लगानी सम्बन्धी जानकारी प्रदान गर्नुभएको थियो ।

प्रशिक्षणमा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमालले धितोपत्र बोर्डको स्थापना देखि हालसम्मको जानकारी, शेयर बजार, प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, नियमाक निकायको शेयर सम्बन्धी धारणा, शेयर बजारमा उपलब्ध भएका उपकरणहरुको जानकारी, कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषणका सम्बन्धमा सामान्य जानकारी, लगानी विविधीकरण, लगानीकर्ताको हकहितमा सेबोनको भूमिका, बेबसाईट मार्फत गुनासोको व्यवस्था रहेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेले आस्बा, सिआस्बा, मेरो शेयर एप सम्बन्धी जानकारी, आईपिओमा आवेदन गर्दा ध्यानदिनु पर्ने कुराहरु, ईडीआईएस तथा केन्द्रिकृत केवाईसीको सम्बन्धमा जानकारी, भौतिक प्रमाणपत्रको डिम्याट गर्ने प्रक्रिया, शेयर लगानी गर्दा आफनो अवस्था विश्लेषण गरी लगानी गर्ने जस्ता विषयमा प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको योजनाहरुको योजना व्यवस्थापक सौगात पन्तले पोर्टफोलियो व्यवस्थापन तथा सामूहिक लगानी कोष तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटेका थिए ।

कार्यक्रमका सहभागी सदस्यहरुले वर्तमान शेयर बजारमा लगानीकर्ताहरुको प्रवेशका लागि आवश्यक विषयहरु समेटि गरिएको यो तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्तो प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह International Organization of Securities Commission (IOSCO को आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रिय स्तरमा शेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।

वि.सं.२०८० असोज २२ सोमवार ११:०५ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...