काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १२.५८ अंकले घटेर १९०८को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी नबील बैंकको कारोबार भएको छ । आज कम्पनीको ३ करोड ५१ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त हिमालयन लघुवित्तको ३ करोड ११ लाख ६८ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख ३८ हजार रुपैयाँ र शिभम् सिमेन्टको २ करोड ८१ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० असोज २२ सोमवार १५:१२ मा प्रकाशित